आज :

महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् ।
बलात्कारको आरोप लगाउँदै बस्नेतविरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन् ।
उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा सचिव बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् ।
उनले कार्यालय परिसरमा पत्रकारसँगको कुराकानीमा नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।
पहिले नै पक्राउ पर्नुपर्ने बस्नेतलाई केपी ओलीले आफूसँगै थुनामा स्याहार गर्न लैजान राखेको उनको आरोप छ ।
‘मलाई हेरेर न्याय दिने होइन्,सयौं प्रमाण हेरेर न्याय दिनुहुन्छ भन्ने विश्वास छ । महेश बस्नेतलाई पक्राउ गर्न नसक्ने किन ? लिखित जवाफ चाहिन्छ । बस्नेतलाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो । ओलीले वुद्धी पुर्याएर आफूसँगै छोरालाई स्याहार गर्न लैजान राखेका थिए, सँगै बस्छन् अब ।’
अब गोरखाबाट न्याय सुरु भएको बताउँदै उनले गृहमन्त्री सुधन गुरुङको कार्यसम्पादनको प्रसंसा गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal