आज :

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

  • अनलाइन डबली

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो ।

मूर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो ।

कीर्तिपुरका प्रशान्त महर्जनले १३ अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।

यस्तै, बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्ले बक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो । तीन क्वाटरमा पछि परे पनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६-१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।

प्लेबक्सले पहिलो, दोस्रो र चौथो क्वाटर क्रमशस् १५-११, २०-१९ र १६-१२ आफ्नो पक्षमा पारे पनि जितलाई पर्याप्त भएन ।

सोलोका प्रगुण महर्जनले ३० अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal