आज :

‘निलो क्रान्ति’ सुरु भयो :विराजभक्त श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठको अग्रता कायमै रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत जनउद्वार माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनको पक्षमा मत दिएको बताएका छन् ।
उनले भने, ‘जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनलाई अनुमोदन गरेको जस्तो मलाई लागेको छ । देशभर लहर चलेको छ । सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्न चाहन्छु । जुन विवेक प्रयोग गर्नुभएको छ, त्यसले राम्रो सन्देश दिएको छ ।’
श्रेष्ठले देशमा ‘निलो क्रान्ति’ को सुरुवात भएको दाबी पनि गरे ।
‘अब निलो क्रान्तिको सुरुवात भएको छ । सबै साथीहरूलाई विनम्र हुन पनि अनुरोध गर्छु । देशभर जनताले रास्वपालाई जिताउन अनुमोदन गर्नुभएको छ । देशव्यापी रूपमा हामीले पहिले संसदमा खेलेको भूमिका जनताले नियालेको कारण आज यति धेरै मत ल्याउन सफल भएका छौं,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal