सिमकोट । अहिले हुम्लामा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) उम्मेदवार डा. दीपेन्द्र रोकायाको चर्चा घर घरमा हुन थालेको छ । जिल्लाभरी नेकपाको पक्षमा जनलहरले उनको जित निश्चित भएको नेकपा कार्यकर्ताहरुको दाबी छ ।
अन्य पार्टीहरुका उम्मेदवारका तुलनामा डा.रोकाय हरेक तबरबाट अब्बल र उत्कृष्ट भएकाले पनि उनीप्रति जनताको आकर्षण बढेको युवा नेता राजेश बुढाको जनाए । उसो त २०४८ मा पाहिलोपटक र त्यसपछि माओवादी शान्तिप्रक्रियमा आएपछि २०६४ पश्चात लगातार माओवादीको ‘लाल किल्ला’कारुपमा स्थापित छ हुम्ला ।
अहिले नेकपा बनेपछि उसले आफ्नो विरासतलाई निरन्तरता दिन ‘हेभिवेट’ उम्मेदवार डा.रोकायालाई पार्टी संयोजक रोकायालाई अघि सारेको नेताहरु बताउँछन् । जनयुद्धको युद्ध पत्रकारिताबाट उदाएका डा.रोकायाले कर्णाली योजना आयोगमा बसेर हुम्लाको विकासको मार्गचित्र मात्रै कोरेका छैनन्, बरु सिंगो कर्णालीको विकासका योजनाकारकारुपमा स्थापित छन् । जसको बारेमा नेपाली काँगे्रसका प्रभावशाली नेता तथा कार्णाली प्रदेश सरकारका पूर्व–मूख्यमन्त्री जीवन बहादुर शाहीलेसमेत मुक्त कण्टले प्रसंसा गर्दै आएका छन् ।
कर्णाली प्रदेश योजना आयोगमा रहँदा रोकायाले हुम्लाको सम्रग विकासका लागि कोरेका मार्ग चित्रलाई छोटै समयमा भए पनि कतिपय विकास योजनालाई मुर्तता दिएकाले पनि जनताले उनलाई भोट दिएर जिताउनेमा नेकपा विश्वस्त रहेको जनाईको छ ।
पत्रकारिता क्षेत्रबाट सक्रिय राजनीतिमा रहेका रोकायासँग अरु उम्मेदवारको तुलतमा देशको राजनीतिदेखि कर्णालीको भूगोल, संस्कृति, आर्थिक तथा उत्पीडित जनतासम्मको भोगाईबाट माथि उठेकाले पनि उनलाई जनताले उनलाई नै रोज्ने पक्का रहेको स्थानीयको दाबी छ ।


अनलाइन डबली



