
काठमाडौं । आज देशका पहाडी जिल्लामा फागु पूर्णिमाका अवसरमा फागु पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यो पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
परम्पराअनुसार काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएसँगै केही दिनअघि नै फागु पर्वको औपचारिक सुरुवात भएको मानिन्छ ।
आज पूर्णिमाका दिन उपत्यकासहित देशका पहाडी जिल्लामा सार्वजनिक बिदा दिइएको छ र मानिसहरू आपसी सद्भावका साथ रङ्ग र अबिर खेल्दै पर्व मनाइरहेका छन् ।
काठमाडौँ लगाएत नेवार समुदायले मनाउने फागु पर्व सिंह सार्थ बाहुको आख्यान संग जोडिएको छ ।

यस्तो छ आख्यान –
राजा गुनकामदेबको कुलमा जन्मिएका सार्थ बाहु नामका प्रख्यात ब्यापारी पांच सय ब्यापारीका साथ तिब्बत व्यापारमा गए । फर्कदा एक अनकन्टार एकान्त ठाउमा निकै राम्री राम्री युवतिले ब्यापारी आफ्नो प्रेम जालमा पारे । यसबाट दंग दास व्यापारीहरु युवतीको चुन्गलमा फसे तर सिंह सार्थ बाहुलाइ राति हुदै जाँदा आफूसंगै आएका ब्यापारी साथीहरु एक एक गरि हराउदै गएको सुइको पाए । ख्ज्ने क्रममा उनीहरुको आभूषण, गरगहना र हड्डी मात्र देखे पछी आफु सहित बाकि रहेकाहरु लाइ उद्दार गरिदिन आर्यालोकेश्वर करुमय ( रातो मछेन्द्रनाथ ) लाइ गुहारे । करुणामयले सतर्क गराउदै भने छन् , ‘ ति सुन्दरीहरु यक्षनि ( राक्षसनि ) हरु हुन् तीबाट बच्न नेपाल आउने बाटोमा पर्ने समुन्द्र सेतो घोडा हुने छ , समुद्र तर्ने बेला ति यक्षनि हरुले जालमा पारी जतिसुकै बोलाए पनि पछाडि फर्किएर नहेर्नु । ’ उक्त कुरा बनियापीहरुलाई पनि बताए । समुद्र तटमा पुगेका ब्यापारीहरुलाई ती सुन्दरीहरू बोलाउन थाले , मन थाम्न नसकी पछाडि फर्किएर हेर्दा एक – एक गर्दै सबै ब्यापरी समुद्रमा खसेर यक्षनिको आहारा बने ।
नेपाल फर्किन सफल एक मात्र सिंहसार्थबाहसँग पनि एउटी रूपवती पक्षीसँगै आइपुगेकी रहिछिन् । अत्यधिक सुन्दरी ती यक्षिणीबाट मोहित हुँदै तत्कालीन राजा सिंह केतुले यक्षक्षिणीलाई दरवारमा नै रखौटीका रूपमा राखिदिए । मौका छोपी ती पक्षिणीले अन्य सन्गिनीलाई पनि बोलाई राजाको हत्या गरी खाइदिए । यस्तो बीभत्स स्थिति सुनी सिंहसार्थवाह राजस्थनगरी दरवार पुग्दा अवलोकितेश्वरको प्रभावका कारण पक्षिणीहरू भागाभाग गर्न लागे ।
दरवारलाई मान्छे खाने यक्षिणी मुक्त गराएका कारण प्रभावित भई सम्पूर्ण जनताले एक मुख गरेर सार्थ बाहलाई नै राजा घोषणा गरे राजा भएपछि थँबहि ( ठमेल ) मा करुणामयको प्रतिमा प्रतिष्ठापित गराई बिहार विस्तार गराए ।
यसैको खुसियालीमा सबै जातजाति ( नेवार ) प्रतिनिधित्वको प्रतिक काठमाडौँको गद्दी बैठाको अगाडी रंगबिरंगी ध्वजा सहित चीर ठड्याए फागु खेल्ने परम्परा रहेको जानकारहरु बताउछन ।

सिंह सार्थबाहुलाइ नेवा : समुदायले चकं द्य:को रुपमा पुज्ने गर्दछ । प्रत्यक बर्ष फागु पुनिमा को भोलि काठमाडौँको ठमेल स्थित बिक्रम सिल महाविहारबाट बाजा गाजासहित भित्रिसहमा खटगात्रा गरि परिक्रमा गर्ने परम्परा रहिआएको छ ।

विशालचोकबीच कलात्मक पेगोडाशैलीको तीनतले हिल वर्तमानमा बौद्ध अध्ययनको केन्द्रको रूपमा रहेको छ ।
तराइ लगाएत स्थानमा भने फागु पुर्णिमाको अर्को दिन होलि पर्वलाइ पौराणिक मान्यताअनुसार भक्त प्रह्लाद र होलिकाको प्रसंगसँग जोडिएको यो पर्वले दुष्टतामाथि सत्यको जीतको सन्देश दिने विश्वास गरिन्छ ।


अनलाइन डबली


