काठमाडौं । नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला सर्बोच्च अदालतले रिहाइ गरेको छ । बिहिबार आदालते बास्तोलोलाई हिरासतमा राख्न नहुने भन्दै छाड्न आदेश दिएको हो ।
फागुन ५ गते पक्राउ गरि सार्वजनिका शान्ति विरुद्धको कसुरमा मुद्धा चलाई १० दिनसम्म हिरासतमा राखिएको थियो । बास्तोलाको पक्राउ गैर कानूनी भन्दै ११ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । सो उपर सुनुवाई गर्दै आज १४ गते महासचिव बास्तोलाको पक्राउलाई गैर कानूनी घोषित गरी थुनामुक्त गर्नु भनि सर्बोच्चले आदेश गरेको हो ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनले देशलाई निकास नदिने भनि निर्वाचन वहिष्कारको अभियानमा रहेको बास्तोलालगायत विभिन्न पार्टीका नेता कार्यकर्तालाई सरकारले धमाधम पक्राउ तथा निगरानीमा राख्दै आएको छ । तर अदालतले सरकारको धरपकडलाई गैरकानूनी घोषित गर्दै सबैलाई धमाधम छाडिरहेको छ । यसै सदर्भमा पक्राउ परेका नकपाका अध्यक्ष ऋषि कटेल र नागरिक बचाउ अभियानका प्रमुख दर्गा प्रसाईलाई हिजो मात्रै सर्बोच्च अदालतले छाडेको थियो भने आज बास्तोलालाई छाडेको छ ।


अनलाइन डबली





