आज :

दैलेखको पेट्रोलियम खानी: उम्मेदवारहरूको साझा चुनावी एजेन्डा

  • नवीन रिजाल

दैलेख । आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्म सँगै दैलेख क्षेत्र नं. १ का उम्मेदवारहरूले जिल्लाको समृद्धिको मुख्य आधारका रूपमा पेट्रोलियम पदार्थको उत्खनन लाई आफ्नो साझा र प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

जेसिस वर्ष २०२६ दैलेख शाखा द्वारा सदरमुकाम स्थित देवकोटा चोकमा आयोजित ‘जनतासँग प्रतिनिधि’ बहस कार्यक्रममा सहभागी उम्मेदवारहरूले दैलेखको पेट्रोलियम खानी लाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । निर्वाचन क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरिरहेका ११ जना उम्मेदवार मध्ये बहसमा ५ जना मात्र उपस्थित भए पनि सबैको स्वर पेट्रोलियम अन्वेषण र पूर्वाधार विकासमा एकमत देखिएको छ ।

बहसमा सहभागी नेकपा (एमाले) का उम्मेदवार रवीन्द्रराज शर्माले जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषण, उत्खनन र वितरण लाई निष्कर्षमा पु¥याउनु आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले २०७४ सालमा आफू निर्वाचित हुँदा सुरु गरिएका अधुरा योजनाका काम पूरा गर्ने सङ्कल्प दोहो¥याउनुभयो ।

यस्तै, नेकपा (माओवादी ) का उम्मेदवार रामलाल विश्वकर्माले पेट्रोलियम पदार्थको उत्खनन सँगै भण्डारण केन्द्र स्थापना र दैलेख–सुर्खेत सडक लाई दुई लेनमा स्तरोन्नति गर्ने विषय लाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । साथै उहाँले ससँदिय ब्यबस्थाका खराबी लाई जनमत बाटै सुधार गर्नको लागी निर्बाचनमा भाग लिएको बताउँनुभयो । उहाँले संबिधान भएका राम्रा कुराहरुको ग्रहण गदै नराम्रा बिषयहरुको संशोधन गर्न पर्ने बताउँनुभयो ।

नेपाल मजदुर किसान पार्टीका जगत बहादुर ओली, आम जनता पार्टीकी मेनुका श्रेष्ठ र स्वतन्त्र उम्मेदवार लोकबहादुर बोगटीले पनि दैलेखको विकासका लागि पेट्रोलियम खानी राष्ट्रिय गौरवको विषय भएको र यसले समग्र देशकै अर्थतन्त्रमा कायापलट गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जेसिस वर्ष २०२६ दैलेख शाखाका महासचिव रेखा थापाले ११ जना उम्मेदवार लाई निमन्त्रणा गरिएको भए पनि जनताका प्रश्नहरूको सामना गर्न नसकेर ६ जना उम्मेदवार अनुपस्थित भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “दैलेखको विकास र समृद्धिको साझा एजेन्डामा छलफल गर्न आयोजना गरिएको बहसमा उपस्थित उम्मेदवारहरूले पेट्रोलियम खानी लाई जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिको आधार मान्न सहमत हुनु सकारात्मक पक्ष हो ।”

बहसका क्रममा मतदाताहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र सुशासनका बारेमा उम्मेदवारहरू लाई प्रश्न गरेका थिए । चुनावी घोषणापत्रमा पेट्रोलियम अन्वेषण लाई सबैजसो दल र स्वतन्त्र उम्मेदवारले प्राथमिकता दिए पछि स्थानीय मतदाताहरूमा अबको निर्वाचन पछि कामले गति लिने आशा पलाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal