आज :

यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आसन्न निर्वाचनलाई बालकोटको प्रतिष्ठासँग जोड्दै मतदातासँग समर्थनको अपिल गरेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै राणाले आफू व्यक्तिगत रूपमा मात्र नभई समग्र बालकोट क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको बताए । ‘यस पटक म उठेको होइन, बालकोट उठेको हो । त्यसैले बालकोटले यस पटक इज्जत राख्नुपर्छ,’ उनले भने ।
उनले इतिहास बोकेको र लोकतन्त्रका लागि संघर्ष गरेको बालकोटको उम्मेदवार पराजित भए त्यसको असर व्यापक रूपमा पर्ने दाबी गरे । ‘यतिबेला टिकट पाउँदा पनि इतिहास बोकेको बालकोट, लोकतन्त्रका लागि लडेको बालकोटको उम्मेदवार पराजित भयो भने बालकोटीबासी होइन, भक्तपुरबासीले नै बालकोटबासीलाई सराप्छन्,’ उनले भने, ‘त्यसैले यहाँ भोट माग्ने अधिकार मलाई छ ।’
राणाले आफू लोकतन्त्र स्थापनाका लागि जेल गएको स्मरण गर्दै विगतका संघर्षका दिनहरू पनि सुनाए । ‘म लोकतन्त्र ल्याउन जेल गएँ । पानी लिन जाँदासमेत ‘कैदी आयो’ भनेर हेला गरेको अझै याद छ,’ उनले भने ।
उनले विभिन्न राजनीतिक दलमा आबद्ध बालकोटवासीलाई समेत यस पटक आफूलाई समर्थन गर्न आग्रह गरे । ‘गर्वका साथ अरु पार्टीमा लाग्नेहरूले पनि यस पटक बालकोटबासी उम्मेदवार कविर राणालाई भोट हाल्नुपर्छ भनेर घरघरमा गएर भन्नुपर्छ,’उनले आह्वान गर्दै भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal