आज :

अहिले हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सन्देश सभालाई सम्बोधन गर्दै इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताउँदै यसखालको प्रचारको पछि नलागेर दृढतापूर्वक चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुमा अपिल गरे ।

उनले भने,‘अझैपनि केही मानिसहरु निर्वाचन हुँदैन भन्न छाडेको छैनन् । मलाई त्यो बढो विचित्रको कुरा लाग्छ । हिजो नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका इतिहासमा फ्याकिएका केही मानिसहरु चुनाव हुनु हुँदैन् भनेका छन् । यसखालको प्रचारको पछि नलाग्न र दृढतापूर्वक चुनावको तयारीमा लाग्न अपिल गर्न चाहन्छु । प्रतिगामीहरुको यसखालको हर्कत र चलखेलको केही अर्थ छैन।’

उनले अहिले देशमा शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउकोमा ताकेर गोली हान्ने र देश जलाउने राजनीतिक प्रवृत्ति आमनेसामने भएको टिप्पणी गरे । यिनै हत्यारा र विध्वंशकारी दुई प्रवृत्ति विरुद्ध नेकपा खडा भएको उनको भनाई छ ।
‘अहिले देशमा तीनवटा राजनीतिक प्रवृत्ति आमनेसामने छन् । एउटा प्रवृत्ति शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउको ताकेर गोली हान्ने घातक प्रवृत्ति छ । अर्को सिंहदरबार र देश जलाउने प्रवृत्ति छ । त्यो प्रवृत्तिको विरुद्ध नेकपा खडा भएको हो । त्यसैले यो चुनौतीपूर्ण घडिमा देशलाई बचाउने संकल्पकासाथ खडा भएको छ । हत्यारा र विध्वंशकारीलाई जनताले स्वीकार्ने छैनन्’ उनले भने ।

त्यस्तै उनले अबको बाँकी १२ दिन युद्धस्तरमा खट्ने हो भने नेकपा देशको पहिलो पार्टी बन्ने दाबी गरे । संयोजक प्रचण्डले नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै हावाहुरी केही दिन आएजस्तो देखिएपनि सँधै नचल्ने भन्दै नेकपाको विजय यात्रा अगाडि बढिसकेको जिकिर गरे ।

उनले भने,‘यो निर्वाचन जनतामा जाने सहज विकल्प हो । जनतालाई संगठित गर्ने परिचालित गर्ने विकल्प हो भनेका थियौं । अहिले देशभर हाम्रो प्रचार अभियान अगाडि बढ्दै जाँदा देशमा यही परिस्थितिलाई कायम राखेर बाँकी १२ दिन युद्धस्तरमा खट्ने हो भने पहिलो पार्टी बन्ने र देशमा नयाँ परिस्थिति बनाउन सम्भव छ । हावाहुरी केही दिन आएजस्तो देखिएपनि हावाहुरी सँधै चल्दैन् । हुरी थामिसकेको छ, मानिसले बुझिसकेका छन् । देशलाई एकिकृत गर्न सक्ने एक मात्र पार्टी नेकपा बनेर बुझेका छन् । नेकपाको विजय यात्रा अगाडि बढिसकेको छ ।’ दोलखामा उम्मेदवार खड्काकाे जित उनको मात्र नभएर देशभर नै गर्व गर्न लायक रेकर्ड बन्ने उनको धारणा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal