आज :

प्रहरीले एमाले नेता मल्लविरुद्धको जाहेरी नलिएको यौन शोषणमा परेकी पीडि खत्रीको गुनासो

  • अनलाइन डबली

काठमाडौं । जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडितको गुनासो छ । बिहिबार राजधानीको संवाद डबलीमा पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै पीडा व्यक्त गरेकी छन् ।

कालिकोट शुभकालिका गाउँपालिका ६ कि जमुना खत्रीले आफूलाई मुगु जिल्ला नेकपा (एमाले)का नेता कर्ण बहादुर मल्लले जबरजस्ति यौन शोषण गरेको बताउँदै बच्चासम्म फाल्न लगाएको जनाएकी छन् ।

सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरिन् । आफूले जमुना जस्तै लामो समयदेखि त्यस्तै पीडा भोगेको र न्यायका लागि अड्डा अदालत धाउँदा पनि सत्ता र शक्तिको बलमा न्याय पाउन नसकेको जनाइन् ।

‘अहिले सरकार प्रमुख महिला हुनुहुन्छ, परिवर्तनपछि आइजिपी दानबहादुर कार्की दाई हुनुहुन्छ, कम्तिमा तपाईहरुले हाम्रो आवाज सुनिदिनु पर्छ’ पाठक ले भनिन् । “केपी ओलीको एमाले पार्टीका नेताहरुबाट हामी महिला कहिलेसम्म शोषणमा पर्ने” पाठकले प्रश्न गरिन् ।

त्यसैगरी अर्की पीडित बझाङकी रस्मिला धामीले जमुना खत्रीको जाहेरी प्रहरीले लिएर अनुसन्धान गर्न माग गरिन् । धामीले आफू पनि एमालेका अर्का नेताबाट पीडित भएको र उनलाई अदालतबाट पक्रेर अनुसन्धान गर्न आदेश हुँदा पनि बझाङबाटै उम्मेदवार बनाइनुले एमालेमाथि प्रश्न उठेको बताईन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal