
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराज भक्त श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ मा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
चुनाव प्रचार अभ्यान अन्तर्गत विराजले आज मंगलबार नागरजुन नगरपालिका – ५ क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो फरक चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् ।
सोमबार काठमाडौँको भित्र शहरको केन्द्र हनुमाढोका दरवार क्षेत्र , असन , इन्द्रचोक आदि क्षेत्रमा घरदैलो कार्येक्रम गरेका थिए।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । रास्व्पा सहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन् ।


अनलाइन डबली



