काठमाडौं । भरत दाहाल नेतृत्वको त्रिमूल नेपाल पार्टीले भ्रष्टाचार देशको मुख्य समस्या रहेको बताउँदै भ्रष्टाचारीलाई मृत्यदण्डको सजायको व्यवस्था गरिनुपर्ने जनाएको छ । मंगलबार राजधानीको संवाद डबलीमा चुनावी घोषणा पत्र सार्वजनिक गर्र्दै नेपाल विदेशीको प्रयोगसाला भएकोसमेत ठहर गरेको छ ।
पार्टीका काठमाडौं क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार कृष्ण बहादर खत्री (मिलन)ले घोषणा पत्र बाचान गर्दै त्रिमूल नेपालको महत्पूर्ण नीति, मुद्धा रणनीतिकरुपमा समाधान गर्नुपर्ने समस्याहरु गरेर २० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । खत्रीले निशुल्क शिक्षा, स्वास्थ्यलगायतका विषयहरु संविधानमा उल्लेख भए पनि व्यवहारमा हदैसम्मको व्यापारिकरण र माफियाकरण भएको जनाएका छन् । वर्तमान संविधान नेपालीहरुले बनाएको भन्दा पनि विदेशीले थोपरेको हस्तक्षेपकारी दस्तावेज भएकोले त्यसलाई खारेज गरेर नयाँ व्यवस्था ल्याउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार रामेश तामाङले पर्तमान संविधान विदेशीको योजनामा लेखिएकोले यसलाई संशोधन गर्नुपर्ने धारणा राखे । जनताका आधारभूत आवश्यकताको सुनिश्चित गर्न संविधानमा निःशुल्क भनिए पनि व्यवहारमा नरहेको बताए ।
समानुपातिक उम्मेदवार तेह्रथुमका गोविन्द इङनामले त्रिमुल पार्टीलाई व्यापक मतदान गर्न अनुरोध गर्दै, देशका सिमित व्यक्तिहरुका लागि मात्रै वर्तमान व्यवस्था आएको धारणा राखे ।
ललितपुरबाट समानुपातिक उम्मेदवार रमिता आचार्यले देशको मुख्य दूष्मन भ्रष्टाचार भएको र त्यसको अन्त्यका लागि देशद्रोही र भ्रष्टहरुलाई मृत्युदण्ड सजायको व्यवस्था गर्न माग गरिन् ।
त्रिमुल पार्टीका केन्द्रीय सचिवालय सदस्य डुगेन्द्र भट्टराईले देशका कुनै पनि राजनीतिक दलहरु देश र जनताको पक्षमा नरहेको आरोप लगाउँदै सबै त्रिमूल पार्टीमा आबद्ध हुन अपिल गरे ।


अनलाइन डबली




