आज :

झापा–५ चुनावी कौतुहलता को केन्द्र : दल र स्वतन्त्र दुवै पक्षका उम्मेद्वार घरदैलोमा सक्रिय

  • अनलाइन डबली

झापा । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५  देश भरिको चुनावी कौतुहलताको मुख्य  केन्द्र  बनेको  छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुगेर सुझाव, समस्या र अपेक्षा बुझ्ने अभियानमा सक्रिय देखिएका छन् ।
विभिन्न पार्टिका नेता तथा कार्यकर्ताले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मतदातासँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या संकलन गर्ने तथा पार्टीको एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले उनीहरू गाउँ टोलमा पुगेका हुन् ।
यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा गरिएका बालेन शाह सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसका कारण झापा–५ यतिबेला राष्ट्रिय ध्यानको केन्द्र बनेको छ ।
घरदैलोका क्रममा केही मतदाताले विगतमा पटक पटक मतदान गरे पनि स्थानीय विकासमा अपेक्षित सुधार नभएको गुनासो राखेका छन् । कतै इन्टरनेट सेवा कमजोर रहेको, कतै सडक तथा पूर्वाधार समस्याहरू समाधान नभएको उनीहरूको भनाइ छ । यस क्षत्रलाई विकास गर्नका लागी मतदाताले आग्रह गरेका छन् ।
उता स्वतन्त्र उम्मेदवारको पक्षमा रहेका मतदाताले नयाँ नेतृत्व र परिवर्तनको आवश्यकता औंल्याएका छन् । केहीले पुराना नेताहरूलाई निरन्तर अवसर दिनुपर्ने धारणा राख्दा, केहीले नयाँ विकल्प रोज्नुपर्ने बताएका छन् ।
यसरी झापा–५ मा दल र स्वतन्त्र दुवै पक्षको प्रभाव देखिएकाले वास्तविक मत परिणाम भने निर्वाचनपछि मात्रै स्पष्ट हुने देखिन्छ । यति वेला झापाका मतदाताले घरदैलोमा आएका नेता तथा कार्यकर्तालाई आफ्नो समस्या खुलेरै राख्न पाएका छन् । अव कुनलाई रोज्ने भन्ने बारे मतदाता अन्योलमै रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal