
काठमाडौं उपत्यकाको मुटु हो , टुँडिखेल । टुँडिखेलले दुनियाँमा सर्वधर्म सर्वजाति सर्वसंस्कृतिको संयोजन केन्द्रको रुपमापहिचान बनाएको पाईन्छ । टुँडिखेल वरिपरि देशकै पहिलो मुस्लिम समुदायको नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद स्थापित छ । नेपालकै पहिलो पुटलीसडक चर्च यहि टुँडिखेल वरिपरि रहेको छ । धेरैले ध्यान नदिईरहेको सत्य कुरा के पनि हो भने , भगवान बुद्धको जन्मस्थल नेपालबाट राणाकालमा देश निकालामा परेका बौद्ध भिक्षु उपासक उपासिकाहरु मिलेर स्थापित बौद्ध संस्था धर्मोदयसभादेखि , कुनैपनि धर्म जाति वर्ग समुदायमाथि वैदिकहरुको अद्धैत्त संस्थापनि टुँडिखेल वरिपरि स्थापित छ । त्यसका अलावा टँुडिखेल वरिपरिको धरहरा क्षेत्रनै हो जहाँ , डा.योगी विकाशानन्दबाट नेपालको मौलिक मनोक्रान्ति दर्शनको प्रारम्भ गर्नुभयो भने यहिंबाट किरात धर्म गुरु तथा ज्योतिष डा. चन्द्रकुमार शेर्मा लिम्बुबाट किरात दर्शनलाई ब्यापकता दिदै आईरहनुभएको छ ।
टुँडिखेललाई सर्व धर्म भनिए जस्तै सर्व सस्कृतिको संयोजन केन्द्रका रुपमापनि लिईन्छ । याहाँ किराती समुदायको साकेला सिल्लीदेखि थारु तथा मगर समुदायले माघी नयाँ वर्ष सास्कृतिक समारोह मनाईन्छ । यहाँ नेवार तथा माडवाडी समुदायले होलिका दहनदेखि दक्षपा लाखेलाई एक मुरी चामलको भात र एउटा सिङगै राँगाको मासु चढाउने कर्म समेत हुने गर्दछ । टुँडिखेलमा तामाङ ,गुरुङ लगायतका आदिवासीले ल्होसार मनाउनेदेखि राष्ट्रिय पर्व दशैमा फुलपाटी बढाँई , चैत्रमा रोगब्याधिबाट बच्न घोडा कुडाउने घोडेजात्रा , शिवरात्रीमा सेना दिवस र संविधान दिवससम्म हुने चलन छ ।
टुँडिखेललाई आप्रवासी देवि देवताको सम्पदास्थल
टुँडिखेललाई आप्रवासी देवीदेवताहरु प्रतिष्ठापित भुमिपनि मानिन्छ । यहाँ टुँण्डी महाकाल भैरब भक्तपुरको नगरकोटबाट ल्याईएको बताईन्छ भने लिच्छविकालिन राजा शिवदेव द्धितियको पालामा स्थापित देशकै सबैभन्दा विशाल बुद्ध मुर्ति रहेको महाबौद्ध स्टुप र देशकै सर्वप्राचिन अपार्टमेन्ट – ( अहिलेपनि एक रुपियाँ देखि एक करोडसम्मका क देखि ज्ञ सम्मका सामग्री पाईने स्थान ) असन बजार ,अन्नपुर्ण देवस्थल यहिं स्थापित छ । नेपाल र भारतका ५६ वटा तिर्थस्थलबाट जल ल्याई राजा प्रताप मल्लको पालामा स्थापित विशाल रानी पोखरी संगैको सोह्र हाते गणेश मन्दिर र भगवान बुद्धको राजदरबार कपिलवस्तुबाट आएका कोलियहरुद्धारा स्थापित जमल विहारले टुँडिखेललाई भव्य र सभ्य बनाएको छ ।
टुँडिखेल वरिपरिका प्रसिद्ध पुज्य देवस्थलहरुमा राजा गुणकामदेवले काठमाडौं नगर ब्यवस्थित गर्दा स्थापित अष्टमातृका पिठ मध्ये एक भद्रकाली पिठ पनि एक हो । जुन पिठको द्यो छें न्युरोडको प्रख्यात पुज्यस्थल टेवहाल परिषर भित्र रहेको छ । टुँडिखेल वरिपरिका सम्पदा धार्मिकस्थल मध्ये भक्तजनहरुको सर्वाधिक भिड लाग्नेस्थल चाहि काठमाडौं महानगरपालिका वडा नं.२२स्थित टेवहाल संकटा , धरहरा र न्युरोड क्षेत्र हुन ।
न्युरोड स्थित टेवहाल शंकटा (बन्धुदत्त महाविहार ) र धरहरा
टुँडिखेलबाट काठमाडौंको हनुमानढोका प्रवेशगर्ने न्युरोड गेटबाट बायाँ भिमसेन थापाको वेकम्माको सिर्जना उपनाउँबाट प्रख्यात सेतो पिलर धरहरा रहेको छ । धरहरा परिषरमा सुन्धारापनि मल्लकालमानै प्रतिष्ठापित छ ।
९० सालको भुकम्पले पाताल बनेको धरहरालाई पुर्ननिर्माण गरिएको धरहरालाई पुनः ७२ सालको विनाशकारी भुकम्पले खण्डहर बनाईदिएपछि त्यो धरहरालाई जस्ताको तस्तै छोडि प्रधानमन्त्री के.पि. शर्मा ओलीको कार्यकालमा २२ तल्ले अत्याधुनिक धरहराको प्रतिकृति निर्माण भएपछि यो धरहराले छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । धरहराकै अर्को विशाल चोक परिषरमा प्रत्येक शनिवार भक्तजनहरुको भिड लाग्ने लिच्छविकालिन राजा नरेन्द्रदेवद्धारा स्थापित टेवहाः शंकटाको भव्य मन्दिरसहितको विहार रहेको छ ।
प्रत्येक शनिवार ग्रहदशा फुकाउन , रोगव्याधि हटाउन सङकटा मन्दिरको दर्शन गर्न जाने भक्तजनको लाईन विहान ३ वजेदेखि दिउँसो ३ बजेसम्मै लाग्ने गर्दछ । नाउँबाटै प्रष्ट हुन्छ कि सङकटाको दर्शन गर्नाले मानिसका हरेक सङकट दुर हुने गर्दछ । यहि आस्था र विश्वासका आधारमा दर्शन गर्न जाने भक्त्तजनहरु चपाशैली एक तल्ले माथि विराजमान शंकटाको दर्शन पुजन गर्ने र मन्दिर घुमेर तल्लो भुई तल्लामा अवस्थित रातो मच्छिन्द्रनाथको पुजन धुपद्धिप अर्पण गर्ने गर्दछन् । तन्त्र साधना र मन्त्र अभ्यास गर्नपनि प्रत्येक्ष छिटो दर्शन प्राप्त हुने देवता भएको कारण शङकटाका गुरुजु वज्राचार्य पुजारी मार्फत छाय्किगु ,विरामी मन्छाउन एक सय ८ रुपियाँ देखि लाखौं सम्मको पुजा गराउन आउने भक्तजनहरु लाईनमा रहेका हुन्छन् ।
परिषरकै अर्को तर्फ भद्रकाली द्योछें
टेवहाल भित्रकै अर्को आयताकार घर शैलीमा आगम घर टुँडिखेल टुकुचा छेउ स्थापित अष्ठमातृका पिठ मध्येको एक भद्रकाली देवीको द्योछें हो ।
ने.सं. ८९९ र ९४७ अभिलेखयुक्त भएपनि राजा नरेन्द्र मल्लको राज्यकाल ने.सं.६६५मा निर्मित दुई तल्ले पेगौडाशैलीको गणेश ,अशोककालिन बुद्ध चैत्यको कारण भद्रकाली द्योछें ( देवीका मेन मुर्ति गहना आदि राख्ने घर ) पनि लिच्छविकालिन प्रमाणित गर्दछ ।
परिषर भित्रै नासःद्यो नृत्यनाथ
परिषरकै दक्षिण पुर्वकोणमा स्थापित छ । वाद्यवादन सिकाउने नासःद्यो नृत्यनाथको मन्दिर । फल्चापाटी सहितको नृत्यनाथलाई स्थानिय उदाय ,ज्यापुलगायतका जातिय समुदायले धिमे ,गुँला वाजा सिक्नु अघि र सिकिसकेपछि द्योल्हायगु गरी पुजा गर्ने गरिन्छ । लाग्छ टेवहाल भनेको तान्त्रीक साधना गर्ने धार्मिक सम्पदास्थल हो ।
टेवहालमा शंकटा दर्शन आउनुहुने भक्तजनहरु भन्छन् पार्किङ र सार्वजनिक शौचालयको समस्या छ शंकटामा
यति प्रसिद्ध आस्थाको देवस्थलमा आउनुहुने भक्तजन र किलमेल गर्न आउनुहुने ग्राहकका लागि पर्याप्त सवारी साधन पार्किङस्थल र सार्वजनिक शौचालय नभईदिदा ठुलो समस्या रहेको भक्तजनहरु बताउछन् । टुँडिखेल वरिपरि दश रुपियाँ जाने देखि महाकाल मन्दिरमा निःशुल्कसम्मको शौचालय रहेपनि सवैभन्दा भक्तजनहरुको भिड लाग्ने मन्दिर परिषरमा पर्याप्त सार्वजनिक शौचालय र पार्किङ नभईदिदा ठुलो समस्या हुने गरेको पाईन्छ । टेवहाल धार्मिक क्षेत्र भए जस्तै न्युरोड असन परम्परादेखि अत्याधुनिक ब्यापारिक केन्द्र मानिन्छ तर पर्याप्त पार्किङ क्षेत्र नभएकै कारण ब्यापार विस्तापित र पलायन हुन थालेको छ । त्यसैले ग्राहक तथा स्थानिय वासिन्दाहरुको एउटै आग्रह के छ भने न्युरोड असन किलमेल गर्न जाँदा ,टेवहालको दर्शन गर्न लाईन बस्दा घण्टौं लाग्न सक्छ । घण्टाको आधारमा धरहरा तल र काठमाडौं मलमा पार्किङ शुल्क लिईदिदा विल घेरै उठ्ने गर्दछ भने टुँडिखेल महोत्सव वा अन्य सभासमारोहमा छिट्टै पार्किङ भरिदिदा थुप्रै समस्या आएकोले व्यापारी क्षेत्रकै खालि चोक ,वहाल र सडककै एक लाईनमा पार्किङ गर्न पाउने ब्यवस्था हुन सके साँप पनि मर्ने लठ्ठीपनि नभाँच्ने हुने थियो । हामीले न्युरोड भन्नासाथ व्यापारिक केन्द्र मात्र भनेर बुझ्ने गरेका छौं तर न्युरोड आफैंमा देशको पहिलो पिच सडक भएको क्षेत्र मानिन्छ भने देशको पहिलो पत्रिका गोरखापत्र , पहिलो भुकम्प मापन भुगोल पार्क , पहिलो सिनेमा जनसेवा सिनेमा हल र पहिलो आगो लाग्दा निभाउने जुद्ध वारुण यन्त्र डमकल स्थापित ऐतिहासिक ईलाकापनि हो । मुलुककै पहिलो डिपार्टमेन्ट बजार असन ईन्द्रचोकको पहिचान छ भने अत्याधुनिक प्रथम डिपार्टमेन्ट बजार विशाल बजारलाई पनि बचाउँदै सर्व सुलभ ढङगमा ब्यापार विजनेश प्रवद्र्धन गर्दै लान धार्मिक आस्थालाई ब्यापकता दिन यस क्षत्रमा स्थानिय निकाय वडा नगरपालिकाले सर्वसुलभ बैकल्पिक पार्किङ क्षेत्र र सार्वजनिक शौचालय निर्माण अनिवार्य बनेको छ ।
यस सम्बन्धमा कामपा २२ का वडाध्यक्ष चिनिकाजी महार्जन भन्नुहुन्छ , उल्लेखित सम्पदा क्षेत्रमा ब्यवस्थित पार्किङ नभएकोले स्थानिय ब्यापार ब्यवसायी र ग्राहकहरुको ठुलो गुनासो आउने गरेको छ तर हामी अव ब्यबस्थित पाकिङको लागि कृयाशिल छौं । ब्वस्थित पार्किङ भन्नाले नगरप्रहरी लगाएर लगार्नु नभई विजिनेश कम्ल्पेक्सहरुमा पार्किङको यरिया विस्तार गर्न लगाउनेदेखि सडकका खालिस्थान चुक वहालहरुका खालिठाउँहरुमा समेत निःशुल्क पार्किङ क्षेत्र विस्तारसम्म पर्न सक्दछ भने ठाउँ ठाउँमा शौचालय त छन् नै सो शौचालयलाई परिमार्जन र ब्यवस्थापन मात्र गरेपनि पुग्ने भन्ने मलाई लागिरहेको छ । यसका लागि वडा तथा नगरपालिकाले शंकटा कल्वका अध्यक्ष ईन्द्रमान तुलाधर , राजेश डंगोल , शालिग्राम तण्डुकार , राधाकृष्ष्ण महर्जन ,अमृत मानन्धर , अमृतकाजी शाक्य ,मनोजबाबु श्रेष्ठ ,दिपक महर्जन ,मनोज मानन्धर ,नरेन्द्रबहादुर श्रेष्ठ , अनिल तुलाधर , रतिदेवी सिं श्रेष्ठ ,कविता श्रेष्ठ ,शयलमान श्रेष्ठ , सन्दीपमान श्रेष्ठ ,नविन के.सी. ,कुमार कार्की ,गौतम डंगोल , दिपक तुलाधर ,सुनिल महर्जन ,आशिषमान डंगोल लगायत संग सुझाव सल्लाह संकलान थाल्दैछौं र त्यहि सुझावको आधारमा पार्किङ र शौचालय ब्यवस्थापन गरी सम्पदा संरक्षण र ब्यापार ब्यवसायलाई प्रवद्र्धन गर्दै लाने अभियानमा लाग्ने छौं ।


अनलाइन डबली


