आज :

लुम्बिनी विकास कोषमा व्यापक भ्रष्टाचार, संसदमा विषय प्रवेश

  • अनलाइन डबली

रुपन्देही । लुम्बिनी विकास कोषमा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै सांसद सिके गुप्ताले लुम्बिनी प्रदेश सभाको ध्यानाकर्षण गराएका छन् ।

सभाको बैठकमा बोल्दै सांसद गुप्ताले करोडौंको भ्रष्टाचार भएको र अन्तराष्ट्रिय जगतमासमेत नकारात्मक असर पर्ने भएकाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

डा.सिके राउत नेतृत्वको जनमत पार्टी लुम्बिनी पद्रेश संसदीय दलका नेता समेत रहेका गुप्ताले संसदमा बोल्दै कोष भ्रष्टाचार गर्ने अखडाका रुपमा चित्रित हुँदै आएकोले त्यसलाई रोक्न तत्काल कदम चाल्न माग गरे । “मेरो निर्वाचन क्षेत्र रुपन्देही ५ को २ मा पर्ने लुम्बिनी विकास कोष क्षेत्रका स्थानीयले भ्रष्टाचार र बेथितिका विरुद्ध आन्दोलन गर्दा पनि कोषले कुनै सुनुवाई गरेको छैन”गुप्ताले भने ।

प्रदेश पूर्वमन्त्री समेत रहेका गुप्ताले धार्मीक तथा पर्यटकीय ऐतिहासिक धरोहर लुम्बिनी राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय महत्वको विषय भएकाले त्यसको गरिमा तथा गौरवलाई बचाउन संसदमा बोल्न बाध्य भएको बताएका छन् ।

कोषका उच्च अधिकारीहरुको मिलेमतोमा भइरहेको व्यापक भ्रष्टाचार र त्यसले भविष्यमा पार्ने प्रभवालाई ध्यान दिन आग्रह गर्दै गुप्ताले भने,“कुनियतका साथ आएको वर्तमान भ्रष्ट नेतृत्वले स्थानीयलाई वेवास्ता त गरेकै थियो भिच्छुहरुलाई समेत बाईपास गरेर गैरकानूनी तथा गलत हर्कतलाई सहन सकिदैन ।”

भ्रष्टाचारका लागि अनुकुल व्यक्तिहरुलाई भर्ति गर्ने तथा स्थानीय र विच्छुहरुलाई पहुँचबाट टाढा राख्ने अनेक हतकण्डासमेत गरिरहेको उनले आरोप लगाएका छन् ।

स्थानीय र कोषका समग्र कर्मचारीहरुको विरोधको बाबजुद पनि कमिसनका लागि कोषको संग्राहलय भत्काको आरोप लगाउँदै भने,“ऐतिहासिक संग्राहलयलाई भत्काएर ठूलोमात्रामा रकम खाएर त्यो भन्दा कुरुप हुनेगरी काम गर्ने, सुमिङ्मा भन्ने लेडिजसँग सम्झौता गर्ने ज्ञानेन्द्र राईलाई कारवाही हुनुपर्छ ।”

कोष अन्तरगतको पश्चिम विहार थाउजेन्ट गुम्बा वरिपरी १ सय ४० कोठाको आवस कोषसँग सम्झौता नगरी ज्ञानेन्द्र राईले ५० लाख घुष खाएर अनधिकृत संरचना बनाउन लगाएको आरोप समेत लागएका छन् ।

मायदेवी मन्दिर आसपासका निमार्ण कार्यमा ठेकदारले कमिसन नदिएपछि ठकेदारलाई रुवाएको, भ्रष्टाचार तथा अनियमितता कार्यमा सहमति नजनाउने कर्मचारीहरुलाई पाखा लगाउने, कनिष्ठलाई बढुवा गर्ने तथा आफ्ना अनुकुलका व्यक्तिलाई भर्ति गर्ने लगायतका विषय गम्भीर भएको भन्दै संसदलाई गुप्ताले ध्यानाकर्षण गराएका छन् ।

कोषको ब्यथिति र भ्रष्टाचारको विषयमा लामो समयदेखि स्थानीयहरुले आन्दोलन गर्दै आएको र भिच्छु तथा जनतालाई जवाफ नदिई तर्किने गरेको भन्दै साम्सद गुप्ताले भने,“सम्मानित सम्सदलाई ध्यानाकर्षण के गराउन चाहन्छु भने, तत्काल छानबिन गरेरे दोषीउपर कारवाही होस् ।”

लुम्बिनी विकास कोष क्षेत्रका स्थानीयले विगतदेखिको भ्रष्टाचारको अखडा बन्दै आएको कोषमा डा.ल्हाक्र्याल लामा आएपछि त्यहाँ थप भ्रष्टाचार बढेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal