आज :

ललितपुर महानगरपालिका २९ वडाद्वारा २९ जनालाई ब्यक्तिगत क्षमता अभिबृद्धि प्रशिक्षण

  • अनलाइन डबली

ललितपुर महानगरपालिका २९ वडाले आफ्नो वडाका विभिन्न महिला समूहका पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उद्घोषण तथा ब्यक्तिगत क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहका प्रमुख अतिथि महिला सदस्य मनमाया महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै “सबैको क्षमता अभिबृद्धि भएको प्रत्यक्ष देख्न पाउँदा आफूलाई निकै हर्ष लागेको” उल्लेख गर्नुभयो । कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्यलाई दोसल्ला ओढाई, मायाको चिना तथा सम्मान पत्र प्रदान गरिएको थियो । प्रशिक्षक बज्राचार्यले अब समूह र समुदायमा गएर कार्यक्रमको आयोजना, सञ्चालन एवं प्रभावकारी ब्यवस्थापनमा सहजता आउने आशा गर्नुभयो । “प्राप्त हुने कुनै पनि मौका छाड्नु हुन्न” भन्नु हुँदै उहाँले प्रत्येक मौकाको सदुपयोगका लागि प्रशिक्षकको जिम्मेवारी निर्वाहमा निरन्तरता रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
पाठशाला प्रशिक्षण केन्द्रको संयोजनमा २९ जना प्रशिक्षार्थी सहभागी यस तालिमका प्रशिक्षार्थीहरु रजनी महर्जन, राज्यलक्ष्मी महर्जन, ममिता महर्जन, ज्ञानु दुलाल, शान्ति घिमिरे, विमला खड्गी, लिला महर्जन, मोनिका रुम्जाली गुरुङले पालैपालो सञ्चालन गरेको कार्यक्रमका सभापतित्व ग्रहण पनि प्रशिक्षाथीबाटै प्रमिला महर्जनले गरेका हुन् । प्रशिक्षार्थी धनलक्ष्मी महर्जनले स्वागत मन्तब्य राखेको यस समापन समारोहमा प्रशिक्षार्थी मञ्जुश्री महर्जनले धन्यवाद ज्ञापन मन्तब्य राखेका हुन् । समापन समारोहमा तालिमको ब्यवस्थापनमा सहयोग गर्ने केन्द्रका पुकार पुतुवार र युनिश महर्जनलाई पनि सम्मान गरियो ।
कार्यक्रममा यमुतरी महर्जन, अञ्जु महर्जन, राधिका महर्जन, सानुकुमारी महर्जन, रविना तुलाधरले राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने प्रशिक्षार्थी पाँचकन्या महर्जनले स्वागत गान प्रस्तुत गरेका थिए ।
अन प्रशिक्षार्थीहरु निला महर्जन, दुर्गालक्ष्मी महर्जन, अञ्जु महर्जन, यशोदा न्यौपाने, पाँचकन्या महर्जन, यमुतरी महर्जन, राधिका महर्जन, अरुणा महर्जन, सानुकुमारी महर्जन, रविना तुलाधर, राज्यलक्ष्मी महर्जन, प्रमिला महर्जन, ज्ञानी महर्जन, सल्मा नापित, शर्मिला तिमल्सिना, शान्ति महर्जन, सम्झना राईले आ–आफ्नो प्रशिक्षणका अनुभव एवं उपलब्धि बारे सुनाएका थिए ।
सबै प्रशिक्षार्थीको प्रस्तुति उत्तिकै प्रभावकारी रहेको सो समारोहमा उत्कृष्ट ६ जना राधिका महर्जन, ज्ञानी महर्जन, सल्मा नापित, ज्ञानु दुलाल, धनलक्ष्मी महर्जन र रजनी महर्जनलाई पुरस्कृत पनि गरिएको थियो ।
प्रशिक्षार्थीहरुले प्रशिक्षणबाट आफूहरु निकै उत्साहित भएको उल्लेख गर्दै प्रशिक्षक, समयन्वयकर्ता संस्था तथा वडा परिवार पनि कृतज्ञता ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal