काठमाडौँ । आज फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षत देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरेको छ ।
दल र स्वतन्त्रबाट दिने उम्मेदवारले आयोगले स्थापना गरेका निर्वाचन कार्यालयमा फरकफरक समयमा उम्मेदवारी दर्ता गर्ने समय तालिका छ ।
आयोगले भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
उम्मेदवारी दर्ता गर्न दलका शिर्ष नेतादेखि उम्मेदवार सम्बन्धीत निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।


अनलाइन डबली


