काठमाडौँ । नेपाली कांग्रेस औपचारिकरुपमा विभाजन भएको छ । संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारवाही गरेको निर्वाचन आयोगमा पुर्याएको छ ।
पार्टी कार्यालय बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयको पत्र आयोगमा पुगेको हो । तीनै नेताहरुलाई बैठकले ५ वर्षसम्मको लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको हो ।
संस्थापन पक्षले गरेको कारवाही निर्वाचन आयोगमा पुग्दै गर्दा थापा–शर्मा भने महाधिवेशनस्थलमै छन् । दुबै नेता आफूलाई नयाँ नेतृत्व घोषणाको तयारीमा छन् । निर्वाचनको तालिका ८ बजेसम्म सारिएको थियो । बन्दसत्रमा थापाले आफूलाई कारवाही गरेपनि आयोगले आफूलाई वैधता दिने बताए ।
महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले देउवा पक्षले आफूहरूलाई अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाएको बताए । उनले सर्वसहमतिबाट नेतृत्व चयन गर्ने भन्दै धैर्य र संयमता अपनाउन महाधिवेशन पक्षधरलाई आग्रह गरे ।
थापाले भने, ‘यो लडाईं हो, अभियान हो । यो विशेष महाधिवेशनले जे निर्णय गर्छ नेपालको निर्वाचन आयोगले मान्छ । कांग्रेस यही छ, यही रहन्छ ।’


अनलाइन डबली


