धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले कैलालीबाट आगामी निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पुस २८ गते जिल्ला पार्टीले कैलाली निर्वाचन क्षेत्र नं. १, २, ३ र ५ बाट आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम केन्द्रमा पठाएको हो ।
जिल्ला प्रमुख लक्षिराम चौधरी र इन्चार्ज विमला सिंहले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट डा. जनकराज शाह र राजेन्द्र शाहीलाई सिफारिस गरेको छ । त्यस्तै, २ नम्बरबाट भगत बडुवाल र डम्बर रावल, ३ नम्बरबाट लक्षिराम र ५ नम्बर धर्मसिंह प्रपालालाई सिफारिस गरेका छन् ।
निर्वाचन क्षेत्र नं. ४ बाट कसलाई सिफारिस गर्नेबारे छलफल भइरहेको प्रलोपा कैलालीले जानकारी दिएको छ ।
सिफारिस भएका व्यक्तिहरु सबै अब्बल भएको प्रलोपाको दाबी छ । डा. शाह अर्थशास्त्री हुन् भने रावल जनयुद्धका स्वाथ्यकर्मी हुन् । त्यस्तै, बडुवाल पूर्वजमुक्ति सेनाका कमाण्डर हुन् भने शाही युवा व्यवसायी हुन् ।



अनलाइन डबली



