काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२ दिनमै फुटेको छ । उज्यालो नेपाल पार्टीसँग भएको एकता शनिबार भाँडिएसँगै रास्वपा औपचारिकरुपमा फुटेको हो ।
कुनमान घिसिङले मन्त्रीबाट राजिनामा दिएसँगै राजनीतिमा सक्रिय भएका थिए । उनले आफ्नो र पार्टीको पोजिसनबारे छलफललाई घनिभूत बनाएका थिए । कुलमानले रास्वपाका सभापति रबि लामिछानेसँग छलफल गरेका थिए ।
विचार र राजिनमा लामिछाने स्पष्ट नभएकोले लामो समयसम्म सँगै जान नसकिएको उज्यालो पार्टीका नेताहरुले बताएका छन् ।
रास्वपाका नेता गणेश पराजुलीले उज्यालोसँगको एकता सकिएको पुष्टि गरे । रास्वपाको लोकतान्त्रिक सिद्धान्तलाई उनेपाले नयाँ विचारको रुपमा संश्लेषण गरेर जानुपर्ने बताएको तर रबि तयार नभएपछि एकता भाँडिएको बताइएको छ ।
यसैबीच एकता भाँडिएपछि उज्यालो नेपालले केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै, पार्टी प्रवक्तामा डा.राजु थापाले नियुक्त भएका छन् ।
रास्वपा र कुलमानबिच पुस १४ गते ७ बुँदे पार्टी एकता गर्ने लगायतका सहमति भएको थियो ।


अनलाइन डबली




