आज :

काँग्रेस फुटको डिलमाः पार्टी विभाजन गरेरै छोड्ने लाइन गगन–विश्व, प्रधानमन्त्रीको अफर ?

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसभित्रको विवाद विभाजनसम्म पुग्न लागेको छ । महामन्त्रि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेरै छोड्ने अवस्थामा पुगेपछि काँग्रेस पुनः एकपटक विभाजनको मुखमा पुगेको हो ।

पक्षपन पक्षका कुरा नसुनेर थापा र शर्मा महाधिवेशनबाटै नीति र नेतृत्व छान्ने पक्षमा छन् । संस्थापन पक्षले पार्टी विभाजन हुन नदिन गरेका अहिलेसम्मका प्रयास असफल भएका छन् । आजै संस्थापन पक्षले विशेष महाधिवेशनका नाममा पार्टी विभाजन हुन लागेको बताएको छ ।

बानेश्वरको आनन्दभूमि बिजनेस सेन्टरमा भएको भेलाले विशेष महाधिवेशन पक्षधरलाई पार्टी विभाजन हुनबाट रोक्न आह्वान गर्ने निर्णय गरेको छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्र जाने भन्दै भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।

संस्थापन पक्षका एक नेताले महामन्त्री थापा अरुको उक्साहटमा लागेको बताउँदै आएको छ । ‘उहाँ (गगन थापा) काँग्रेस कमजोर पार्न चाहेको शक्तिले खेलेमा लाग्नुभएको छ, यसले उहाँलाई क्षणिक फाइदा र इगि व्यवस्थान होला तर लोकतन्त्रलाई घाटा पुर्याउनेछ’ ती नेताले भने ।

थापालाई काँग्रेस फुटाएरै भएपनि सभापति भएमा प्रधानमन्त्री बनाइदिने अफर आएको आरोप समेत ती नेताले लगाए । उनका अनुसार थापा–शर्मा समूहले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै अगाडि बढ्न लागेको र रवि–बालेनसँग चुनावी तालमेल गर्न लागेका छन् ।

यसअघि २०५९ मा काँग्रेस विभाजन भएको थियो । त्यतिबेला गिरिजाप्रसाद कोइराला सभापति दिए, देउवाको नेतृत्वमा नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal