आज :

गगन-विश्वको गनगनले चुनावको मुखमा काँग्रेसमा किचलो, विशेष महाधिवेशन भए विभाजन

  • अनलाइन डबली

काठमाडौं। चुनावको मुखमा नेपाली कांग्रेस आन्तरिक किचलोमा फसेको छ । महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको लागि अगाडि बढेपछि काँग्रेसभित्रको आन्तरिक विवाद सडकसम्म पुगेको हो ।

सभापति शेरबहादुर देउवाले चुनावको मुखमा महाधिवेशनमा जाँदा समस्या हुने भन्दै चुनावलगत्तै त्यसबारे निर्णय गर्ने बताउँदै आएका छन् । थापा र शर्माले आफू देउवाको हस्ताक्षरको टिकट वितरणको पक्षमा नभएको बताउँदै जबरजस्त विशेष महाधिवेशनमा जाने तयारीमा छन् ।

गगन–विश्व पक्षले यही पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसको लागि भृकुटीमण्डपमा हल बुकिङ गरिसकेका छन् ।

विवाद अन्त्यको लागि सभापति देउवाले विहीबार थापा र शर्मालाई छलफलमा बोलाएका थिए । उनिहरु छलफल नगएपछि देउवाले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।

बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ। विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्‍याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका छन् ।

यदि थापा र शर्मा जबरजस्त विशेष महाधिवेशनमा गए काँग्रेस विभाजन हुने निश्चितजस्तै भएको छ । आजको बैठकले वारपार हुने बताइएको छ । महामन्त्री थापा र शर्माले बेमौसमा गनगन गरिरहेको काँग्रेसका नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal