आज :

मधेस प्रदेश सरकारले पायो पूर्णता, कुन पार्टीको भागमा कुन मन्त्रालय ?

  • अनलाइन डबली

काठमाडौँ । मधेस प्रदेश सरकार तेस्रोपटक बिस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले आज ६ मन्त्रीलाई शपथ खुवाएका छन् । योसँगै मधेस सरकारले पूर्णता पाएको छ ।

सरकारमा एमालेबाहेकका मुख्य पार्टी सरकारमा सहभागी भएका छन् ।

आज शथप खानेमा जसपाबाट २, कांग्रेसबाट २, जनमतबाट १ र माओवादी केन्द्रबाट १ जना मन्त्री रहेका छन् ।

जसपाबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार र मनिष सुमन श्रम तथा यातायातमन्त्री, कांग्रेसबाट श्याम पटेल कृषि र शंकर चौधरी वनमन्त्री बनेका छन्। त्यसैगरी जनमतबाट वसन्त कुशवाहा युवा तथा खेलकूदमन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट फकिरा महतोले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि मधेसमा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाह ऊर्जा, लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति, कांग्रेसका जंगीलाल राय स्वास्थ्य, एकीकृत समाजवादीका कनिष पटेल उद्योग र जनमतका महेश यादव अर्थमन्त्री बनिसकेका थिए।

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए।
अब मधेस सरकार १२ सदस्यीय बनेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal