आज :

प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटको आज पेशी

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध ६८ निवर्तमान सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ ।  पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले वारेसमार्फत् मंगलबार दायर गरेको रिट संवैधानिक इजलासमा रिटको सुनुवाइ हुने लागेको हो ।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार अपदस्त गरी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरिएको थियो । कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए

यसैगरी मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले पनि रिट दायर गरेका थिए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतले दायर गरेको रिटमा यही पुस २ गते सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।

मंगलबार पुस ८ गते फेरि कांग्रेसका ६५ जनाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसद गरी जम्मा ६८ जनाले हस्ताक्षर गरेर रिट दायर गरिएको थियो ।

योसँगै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्ने निवर्तमान सांसदहरुको संख्या १४३ पुगेको छ । बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal