आज :

अनुमति नलिएर मिराज ढुंगाना समूहको माइतिघरमा प्रदर्शन, निकोलस भुसालसहित प्रहरी नियन्त्रणमा

  • अनलाइन डबली

काठमाडौं । जेनजी अभियान्ता मिराज ढुंगानाको समूहले प्रशासनसँग अनुमति नलिएरै प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको छ । काठमाडौँ जिल्ला प्रशासनले सो समूहलाई आज प्रदर्शनको अनुमति दिएको थिएन ।

स्थानीय प्रशासनको अनुमति अवज्ञा गर्दै ढुंगानाको समूहले प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

प्रदर्शनस्थल माइतीघर मण्डला पुगेका निकोलस भुसाल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको जानकारी दिएका थिए । उनले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal