आज :

धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा

  • अनलाइन डबली

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सोमबार उक्त उद्योगको उद्घाटन गरेका छन् । उद्योगको मेसिनरी पार्टसमा मात्रै ३ करोड लगानि गरिएको उद्योगका सञ्चालक लक्ष्मी महासेठले जानकारी दिए ।

उनले वातावरण प्रदुषण कम गर्न यस उद्योगबाट उत्पादन हुने प्लास्टिकका झोलाले ठूलो भूमिका निर्वाह गर्ने बताए । उनले अन्य प्लास्टिकको झोलाको तुलनामा यस उद्योगबाट उत्पादन हुने झोला खुला ठाउँमा राख्दा वा प्रयोग गरेर पानी अथवा भुँईसँग सम्पर्कमा आएपछि स्वतः ९० दिनमा डिकम्पोज हुने बताए ।

उनले यस उद्योगबाट उत्पादन हुने बायो प्लास्टिकका झोला जलाउँदा तुरुन्त खरानी बन्ने भएकोले यसले वातावरणमा कुनै असर नपर्ने जानकारी दिए । उद्योगले अहिले दैनिक ८०० किलो बायो प्लास्टिकको झोला उत्पादन गर्ने क्षमतासहितको मेसिन प्रयोग गरिरहेको सञ्चालक महासेठले जानकारी दिए ।

बायो प्लास्टिक भएका कारण बजारमा पाइने प्लास्टिकको झोलाको तुलनामा केही पैसा मुल्य बढी भएपनि वातावरणमा असर नपर्ने हुनाले सबैलाई बायो प्लास्टिकको झोला प्रयोग गर्न जनकपुरधामका मेयर मनोज कुमार साहले आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal