काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् चौथोपटक विस्तार भएको छ । प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ४ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई पौडेलले शपथ समेत गराएका छन् ।
नवनियुक्त मन्त्री चारजना मन्त्रीको कार्यविभाजन पनि गरिएको छ । जसमा श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा जेष्ठ नागरिक, माधव चौलागाई वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारी श्रम तथा सामाजिक सुरक्षा मन्त्री कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएको छ ।
यसअघि कानुन मन्त्रालयको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । उनलाई कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।


अनलाइन डबली


