काठमाडौँ । नेपाली काँग्रेसका नयाँ सभापतिमा नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आज विहानै भण्डारीले सामाजिक सञ्जालमार्फत १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
भण्डारीले सभापति पदप्रति आकांक्ष स्पष्ट रहेको बताउँदै दृष्टिकोण निर्धारित रहेको बताए । उनले शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यसरी नै आफू अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् ।
भण्डारीले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु ।’ साथै उनले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्ने बताएका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।


अनलाइन डबली




