आज :

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पहिलो दलका प्रतिनिधिहरु सनाखतका लागि आयोगमा

  • अनलाइन डबली

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो दल ‘समावेशी समाजवादी पार्टी’का प्रतिनिधिहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।
नुमा लिम्बूको अध्यक्षतामा समावेशी समाजवादी पार्टीले आयोगमा यसअघि नै निवेदन दिएको थियो । ‘दल दर्ताका लागि दिएको निवेदनपछि सनाखतका लागि हामी निर्वाचन आयोग आएका हौं, संभवत आज(मंगलबार)नै प्रमाणपत्र पाउने अपेक्षा गरेका छौं,’ उक्त पार्टीका संरक्षक सुनिलबाबु पन्तले भने ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र लिन चाहेको पनि पन्तले जानकारी दिए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी नुमा लिम्बुको अध्यक्षतामा गठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal