आज :

भदौ २३ र २४ गतेको घट्ना सम्बन्धि काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी

  • अनलाइन डबली

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु प्राप्त भएको जानकारी दिएका छन् ।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले हालसम्म सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतका व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी हालको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको बताएका हुन् ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा हालसम्म जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु प्राप्त हुन आएका छन् । यसमा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत र व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु अहिलेको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको अवस्था छ ।’

जाहेरी दर्खास्तहरु मध्य सबैभन्दा बढि ५७ प्रतिशत सरकारी कार्यालयसँग सम्बन्धित, सबैभन्दा कम संस्थागत र व्यापारिक प्रतिष्ठानका २३ प्रतिशत र व्यक्तिगत रुपमा प्राप्त हुन आएका जाहेरी दर्खास्तहरु ४३ प्रतिशत रहेको पनि उनको भनाई छ ।

साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।

हालसम्म विभिन्न घाइतेहरुसँग सम्बन्धित २२ वटा घटना विवरणहरु पनि सम्पन्न गरेको उनको भनाई छ । भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीपछि सर्वोच्चमा २० हजार बढी मिसिल जलेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal