आज :

सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

  • अनलाइन डबली

दिपेश पौडेल – रौतहट

रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ । घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि सिमराका युवाहरु सडकमा उत्रिएका छन।सिमरा बजार क्षेत्र अहिले  पुनः तनावग्रस्त बनेको छ । जेन–जी युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् ।

सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal