आज :

हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे

  • अनलाइन डबली

सुर्खेत । प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोष्टपार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।

विरेन्द्रनगर नगरपालिका– ११ पिपिराका गंगे सुनारको गत शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएको थियो । ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले बताए ।

मृतकको पोष्टमार्टमको लागि भेरि अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो । मुटुको समस्याले थुनुवाको मृत्यु भएको देखिन्छ ।

मुटुको नली ब्लक भएको रिपोर्टमा देखिएको पोष्टमार्टममा संलग्न चिकित्सकले बताए । लागुऔषध कारोबारको मुद्दामा थुनामा रहेका सुनारको शुक्रबार बिहान मृत्यु भएको थियो ।

शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal