आज :

कुस्ती खेलप्रति युवाको चासो कम, गरुडामा प्रतियोगीताको आयोजना

  • अनलाइन डबली

रौतहट । रौतहट सहित तराई–मधेशका जिल्लामा हुने महोत्सब तथा मेलामा मात्र  कुस्ती (दङ्गल) खेल हुने गर्छ । यस खेलको प्रतियोगिता नहुदा  युवाहरुमा  चासो र रुचि कम भएको पाइएको छ ।

कतिपय युवालाई कुस्ती खेलको बारेमा जानकारी पनि छैन । जसका कारण कुस्ती खेल बिस्तारै हराउँदै गएको छ ।

कुनै समय गाउँ घरमा निकै लोकप्रिय मानिएको कुस्ती खेललाई संरक्षण गर्ने उदेश्यले गरुडा नगरपालिकाको वार्ड नं.५ स्थित रहेको झाझपुलमा विराट कुस्ती प्रतियोगिताको आयोजना गरिएको छ ।

कार्तिक पुर्णिामाको अवसर पारेर गरिएको प्रतियोगितामा कुस्ती खेलाडीले आफ्नो कौशलता देखाउने थलो पाएका छन । तर यो खेल पछिल्लो समय ओझेलमा परेको भन्दै गरुडा नगरपालिकाको वार्ड नं.५ का वडा अध्यक्ष रामबिनोद जैसवालले चिन्ता व्यक्त गरे । कुस्ती खेल प्रतियोगिताको उद्घाटन गर्दै उनले अब देखि यस खेलको संरक्षणका लागि वर्षेनी प्रतियोगिता आयोजना गर्ने बताए ।

यो यहाको प्राचीन खेल हो, यसको संरक्षण गर्न अति आवश्यक रहेको उनले औल्याए । उनले भने परम्परागत कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको प्रतीक हो। यस्तो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अनुशासन, साहस र आत्मविश्वास जगाउने काम गर्छ ।

अहिले गाउँ घरमा फाट्टफुट्ट रुपमा कुस्ती खेल हुने गएपनि दर्शक खासै हुदैन । आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि यसको संरक्षणमा सबै तह जुट्न आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal