काठमाडाैं । रामेछापकाे दाेरम्बा शैलुङ गाउँपालिका-७ पुँडीका चाैबिस वर्षीय युवक पेमा तामाङलाई ब्लड क्यान्सर भएकाे छ । पुँडी गैरीगाउँका लालबहादुर तामाङकाे माइला छाेरा २४ वर्षीय पेमाकाे काठमाडाैंकाे नयाँबानेश्वरस्थित सिभिल सर्भिस हस्पिटलमा उपचार भइरहेकाे छ । उच्च ज्वराे निरन्तर रहेपछि अस्पतालमा इमर्जेन्सी भर्ना भएका थिए । उनलाई असाेज ३ मा रगतमा Acute Myeloid Leukemia (AML) भएकाे पुष्टि भयाे । जुन रक्त क्यान्सरका घातक प्रकार मानिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । तेर्साे बाटाेमा हिँडदा समेत हात गाेडा गल्ने, ज्वराे दाेहाेरिरहने, खानेकुरा अरूचि हुने लगायत समस्या भएपछि उनलाई इमर्जेन्सी भर्ना भएका थिए ।
हाल हेमाटाे वार्डकाे २३७ नं. बेडमा छन् । पेमाकाे उपचार डा. विशेष शर्मा पाैड्याल नेतृत्वकाे टाेलीले गरिरहेकाे छ । यसकाे उपचार जटिल र खर्चिलाे रहेकाे पेमाका भाई छाेइकुले बताए । अहिले दाेस्राे साइकल (चरण)काे केमाे चलाइरहेकाे उनले बताए । केमाे चलाउँदाका बखत् बिरामीलाई १०६ डिग्रीसम्म ज्वराे आउने गरेकाे बताए । चिकित्सकका अनुसार उपचार काेर्स पूरा गर्न चार चरण केमाे चलाउनु पर्ने र त्यसपछाडि मात्र बाेन म्याराे (Bone Marrow) प्रत्याराेपण गरिने भएकाे उनले बथाए । केमाे साइकल महिना महिना दिनकाे फरकमा चलाइने र काेर्ष पूरा भएपछि प्रत्याराेपण हुने जानकारी चिकित्सकले दिएकाे उनकाे भनाइ छ ।
खाने ओैषधी, केमाे तथा एन्टिवायटिक निकै महंगाे रहेकाे उनले बताए । एकथरि खाने ओैषधी मात्र एउटै ट्या्बलेटकाे १४ हजार रूपैयाँसम्म पर्ने र त्याे दैनिक दुईटा खानुपर्ने अवस्था रहेकाे उनले बताए । घरकाे आर्थिक अवस्था कमजाेर भएकाले सहेयाेगी, शुभेच्छुक तथा टाेलछिमेक र इष्टमित्रकाे सहयाेग, सद्भाव पाएर उपचार गराइरहेकाे र थप उपचार खर्च धान्न निकै कठिनाइ हुँदै गइरहेकाे उनले बताए ।
बाेनम्याराे प्रत्याराेपणसम्ममा ५० लाख रूपैयाँसम्म खर्च लाग्ने चिकित्सकहरू बताएकाे उनले बताए । हालसम्म १० लाख रूपैया बढी खर्च भइसकेकाे र पूरा उपचार गर्न लाखाैं रूपैयाँ बताए । उनले सहयाेग गर्न चाहने मनकारी महानुभावहरूसँग सहयाेगका अनुराेध गरेका छन् ।
त्यस निम्ति उपचार प्रयाेजनका लागि आफ्नाे नाममा नबिल बैंकमा खाेलिएकाे खाता नं. 03110017538552 र क्यूआर (QR) काेड सार्वजनिक गरिएकाे बताए । सहयाेगीहरूले उक्त खाता वा क्यूआरमा पठाउन सकिने पनि उनले जानकारी उनले दिए । पेमा बालककालमै दार्जिलिङमा साढे चार वर्ष बाैद्ध धर्म, कर्मसम्बन्धी अध्ययन गरे । भुटानमा केही समय तपस्या समेत बसे । साेही बिचमा नेपाल फर्किए । घरपरिवारमा आर्थिक अवस्था कमजाेर भएकै कारण उनी खर्च जाेहाे गर्नुपर्ने बध्यताले नेपालमै राेजगारीतर्फ लागे ।
पछिल्लाे समय उनी हाेटल, पर्यटन क्षेत्रमा काम गर्दै आइरहेका थिए । यसैबीच उनी बिरामी परेका हुन् । लालबहादुरका सन्तानमा चार छाेरा र एक छाेरी छन् । जेठाे छाेरा घ्याम्छाेइकाे मात्र विहे भएकाे छ । घरकाे आर्थिक स्थिति कमजाेर भएकाले उपचारमा कठिनाइ भइरहेकाे र पेमाकाे स्वास्थ्य जाेगाउन राज्यकाे ठाेस सहयाेग आवश्यक रहेकाे उनले बताए ।
क्यान्सर पीडितलाई केन्द्र सरकाले दिने एक लाख रूपैयाँ केहि न केहि रहेकाे उनकाे भनाई छ । उनले पेमालाई दैनिकजसाे रगत चढाउनुपर्नुे अवस्था रहेकाे र ए पाेजिटिभ समूहका व्यक्तिले रक्तदान गर्न सकिने बताउँदै आर्थिक सहयाेगका लागि सबैसँग अनुराेध समेत गरे ।



अनलाइन डबली


