आज :

गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।
पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको छ ।
बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको र कसैको दवाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुने सवाल नै नउठ्ने उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जेनेजी आन्दोलनबाट उत्पन्न जनअपेक्षाको सम्मान गर्दै बनेको यो सरकार असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी बहन गर्दैछ । आगामी निर्वाचन सम्पन्न गर्न, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न गृहमन्त्री अर्यालको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।’
साथै, प्रधानमन्त्री कार्यालयले गृहमन्त्रीलाई हटाइने भन्ने प्रकारका अफवाह विस्तारै बढ्दै गएको उल्लेख गर्दै यस्ता भ्रमपूर्ण समाचारबाट जनतालाई भ्रममा नपर्न आग्रहसमेत गरेको छ ।
विज्ञप्तिका अनुसार यस्ता असत्य जानकारीहरूले सुरक्षा संयन्त्रको मनोबलमा नकारात्मक असर पार्ने भएकाले प्रचार–प्रसार नगर्न सबै पक्षलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal