आज :

अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो

  • अनलाइन डबली

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।
विभागका अनुसार आव २०८२÷८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।
गत आव २०८१÷८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।
विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal