काठमाडौं । जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको कारण देखाई काठमाडौंको होटल हायात रिजेन्सीले श्रमीकहरुलाई अधिकारबाट बञ्चित गर्ने नियत राखेको दाबी गरेका छन् । सोमबार सम्युक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सामान्य क्षति भएको र छोटो समयमै मर्मत गरेर सञ्चालनमा ल्याउन सकिनेमा मजदूहरुलाई श्रम तथा पारिश्रमीकबाट बिमुख बनाउन व्यवस्थापनले षड्यन्त्र गरेको विज्ञप्तिमा उल्लेख छ ।
माओवादी केन्द्र निकट अखिल नेपाल होटल कर्मचारी तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष कुमार पन्त, नेपाली काँग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बन्ध श्रमीक संघका महासचिव सन्तोष थापा भूजेल र नेकपा(एमाले) निकट नेपाल स्वातन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन(नेस्वहोमयू)का महासचिव कमल घिमिरेले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी विवाद समाधान गरी होटल सञ्चालनमा ल्याउन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ कि, “होटल सञ्चालक पक्षले श्रमिक हितविपरीत कदम चालेर, श्रमिकको योगदानको अवमूल्यन गरिनु खेद जनक छ ।
२०८२ भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएको व्यवहार र क्षतिप्रति हामीहरु दुःख प्रकट गदर्छौं, तर समान्य क्षतिलाई मार्मत नगरी अनिश्चितकालीन बन्द गरिनु हामीलाई स्वीकार्य छैन ।”



धनन्जय बुढा





