आज :

दोलखामा जिप दुर्घटना : चार घाइते एकको अवस्था गम्भीर

  • अनलाइन डबली

रामेछाप । दोलखाको भीमेश्वर नगरपालिका–९ स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार थिए।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर श्रीराम तिमलसिनाका अनुसार दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका हुन्।

प्रहरीका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ। उनलाई  थप उपचारका लागि काठमाडौ पठाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal