काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यका कारण किरणले पदबाट राजिनमा दिएको हुन् ।
शनिबार राति सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा किरणले दिएको राजीनामा दिएका थिए । बैठकले किरणको राजिनामा स्वीकृत गरेको नेताहरुले बताएका छन् ।
बैठकले नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त समेत गरेका छ । स्वास्थ्य अवस्थाका कारण भौतिकरुपमा किरण सहभागी भएका थिएनन् । उनले भर्चुअलमार्फत् नै आफ्नो राजिनामा बैठकमा पेश गरेका थिए ।
एकीकृत नेकपा माओवादी विभाजनपछि पार्टी नेतृत्वमा पुनः पुगेका किरण पछिल्ला पटक गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए ।
स्वास्थ्य समस्याका कारण किरण पार्टीको नियमित काम कारवाही सहभागी हुन पाएका थिएनन् ।