आज :

जनकपुरधाममा प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरुबीच झडप

  • अनलाइन डबली

जनकपुर । जनकपुरधाममा हिजो राती प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरुबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो ।

सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरुले दिपावलीको मुखमा राती आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए । सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रु ग्यास समेत चलाएको थियो ।

प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै व्यापार संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरुबीच विवाद झन अल्झिएको थियो । सो क्रममा अध्यक्ष भण्डारीको टाउको फुटेको छ भने शरीरका अन्य भागहरुमा पनि चोट लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

यता व्यापार संघले राती नै वज्ञप्ति जारी गरी प्रहरीले गरेको क्रियाकलापको घोर भर्तसना गरेको छ भने दोषीमाथि कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal