आज :

एमाले केन्द्रीय समिति बैठक आज समापन हुँदै, ओलीको राजिनामा माग्नेको संख्या बढ्दो

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने बताइएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् भने अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।

बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा निर्देशन दिने गौतमले बताए ।

बैठक ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेको विशेष बैठक बसेको हो ।

जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको राजिनमा माग्नेको संख्या बढेको छ । जेनजी आन्दोलनमा परिस्थिति अनुकुलतामा लिन नसकेको, दमन गरेर पार्टीलाई बदनाम गराएको भन्दै केन्द्रीय सदस्यहरुले राजिनामा दिएर नेतृत्व पुस्तान्त्रणको ढोका खोल्न सुझाब दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal