काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसअघि शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।