
काठमाडाैँ । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ ।
निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ । यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् ।
नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।