
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । नेताहरुका अनुसार कुपण्डोलस्थित एक होटलमा बैठक बस्न लागेको हो ।
पहिलो बैठक भएकोले अनौपचारिक छलफल हुने बताइएको छ ।
बैठक अनौपचारिक हुने र स्वास्थ्य कारण सभापति शेरबहादुर देउवा बैठक अनुपस्थित हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए । उनले अरु कारण नभएको समेत बताए ।
बैठकको अध्यक्षता देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नेछन् ।
दिउँसो १ बजे बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।