
काठमाडौँ । प्रहरीले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गरेको किटानी जाहेरी बुझेको छ । सोमबार प्रहरीले बुझ्न नमानेपछि सुधन गुरुङसहितका युवाहरु फिर्ता आएका थिए ।
जेनजी आन्दोलनका घाइतेका परिवारका नाममा सुधनलगायतका टोलीले प्रहरी परिसर काठमाडौँ जाहेरी बुझेको थियो ।
प्रहरीले जाहेरी बुझेर सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको बताइएको छ । प्रहरीले आफ्नो क्षेत्रको कुरा नभएको बताउँदै आयोगमा पठाएको हो ।
सुधनलगायतका युवाहरुले किटानी जाहेरी बोकेर आएपछि प्रहरीले सरकारको लिखित पत्र भएपछि मात्रै बुझ्ने जवाफ दिएको थियो ।
ओली र लेखकलाई पक्राउ गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र सुधन गुरुङले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।