
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजी आन्दोलन पश्चिमा देशहरुको डिजाइनमा भएको दाबी गरेका छन् ।
मंगलबार सामाजिक संजालमा उनले २०४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको बताए ।
संबैधानिक राजसंस्थासहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरे ।
प्रसाईले गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओली र आज जेनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइन भएको बताए । उनले बालेनलाई लुसिफर भन्दै सुशिला कार्कीको सरकार पनि पश्चिमाकै डिजाइनमा भएको आरोप समेत लगाए ।