आज :

जेनजी घाइतेहरुलाई परिचयपत्र वितरण, घाइतेहरुले यसो भने

  • अनलाइन डबली

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।

आइतबार तीन जना घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो ।

घाइते परिचयपत्र वितरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले हालसम्म ५६ जना घाइतेलाई परिचयपत्र वितरण गरिएको जानकारी दिए ।

‘अस्पतालमा उपचाररत, घरमै बेड रेस्टमा रहेका र आउन सक्ने अवस्थाका आन्दोलनकारीहरुलाई परिचयपत्र वितरण गरेका छौं,’ रिजालले भने, ‘सबैलाई गरेर ५६ जनालाई अहिलेसम्म नेपाल सरकारको निर्णय भए अनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरेका छौं । आइतबार ट्रमा सेन्टरमा तीन जनालाई घाइते परिचयपत्र वितरण गर्यौं ।’

उनका अनुसार आइतबार मात्र ट्रमा सेन्टरमा थप तीन जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ । यस्तै, अन्य घाइतेहरुले जानकारी गराएअनुसार उनीहरुलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ ।

सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र पहिचानका लागि परिचयपत्र वितरण थालेको हो । जेनजी घाइते कार्ड पाएपछि घाइतेहरुले अन्तरिम सरकारले सोचे अनुसार काम गर्न नसकेको दुखेसो व्यक्त गरे । उनीहरुले देशभर सयौं घाइतेहरु उपचाररत रहेपनि सरकारले ध्यान नदिएको बताए ।

जेनजी घाइते कार्ड वितरणमा जेनजी डाक्टर जगत विकले समन्वय गरिरहेका छन् । उनले आफूले नै कार्डको अवधारणा ल्याएको दाबी समेत गरे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal