
काठमाडौं । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अश्लित शब्द प्रयोग गर्दै गाली गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । कर्तव्य पालनाको सिलसिलामा सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ पक्राउ परेका हुन्।
महानगरपालिका–१०, काठमाडौँ बबरमहल बस्दै आएका उनलाई त्यसै स्थानबाट मंगलबार प्रकाउ गरिएको हो।
उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।