आज :

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् ।

सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् ।

उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टिका जमरा नलगाउनु हुने र देशवासीहरूलाई सिमित टिका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’

युवापुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि उनको भनाई छ ।

साथै, उनले यस सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भने कामना गर्दै मुलुकमा सुख शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्गल्य गरी देश विकासमा लाग्न सबैमा अपील पनि गरेकी छन् ।

उनले बडादसै २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना पनि व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal