आज :

काँकडभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

  • अनलाइन डबली

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस अवधिमा काँकरभिट्टा नाकाबाट १६ हजार ३५२ किलोलिटर पेट्रोल (मूल्य एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ), नौ हजार ४ किलोलिटर डिजेल (८४ करोड ४२ लाख रुपैयाँ), चार हजार २३३ मेट्रिक टन एलपी ग्यास (४० करोड ४९ लाख रुपैयाँ), एक हजार ४८८ किलोलिटर एटिएफ (१३ करोड २८ लाख रुपैयाँ) र २४८ किलोलिटर मट्टितेल (दुई करोड २२ लाख रुपैयाँ) आयात भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal